18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई October 13, 2010, 7:27 pm

भाषण सुन्दा सहोदर काका जस्तो तपाई,

ब्यबहारमा सधैं नै डाका जस्तो तपाई।।

हुँदापनि टन्न धन,गुण तिर्न भोलि भन्ने,

जाली,चोर,फटाहाको भाका जस्तो तपाई।।

विचार, बिश्लेशण, दुरदर्शीता कतै केही छैन!

कोरा कागजी बेअर्थको खाका जस्तो तपाई।।

बन्दुक-गोली पठाएर नून-भुटुन रोक्ने,

अबसरवादी वैरीको कडा नाका जस्तो तपाई।।

सत्य छोप्न नसकिने भूलुँ भन्दा पनि,

सधैं घाउको याद दिने टाँका जस्तो तपाई।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।