आफ्नै गाउँमा जुटेरै, मान्छु यो दशैं त ।
च्यात्तिएको मन खुटेरै, मान्छु यो दशैं त ।।
फुटेको कौडी छैन्, नाम त सुन माया ।
बरु फलाम चुटेरै, मान्छु यो दशैं त ।।
मिठो खान श्रम ग¥यो तर मुल्य छैन ।
बरु भोकै सुतेरै, मान्छु यो दशैं त ।।
पल्लो घरमा खसी काट्दा, अनि मन फाट्दा ।
छोरो भन्छ लुटेरै, मान्छु यो दशैं त ।।
सिस्नो छँदैछ, भकारीमा धान बचेको रैछ ।
भातै खान धान कुटेरै, मान्छु यो दशैं त ।।
फरिया फाट्यो, पिलपिल गर्दै मेरी सानी भन्छे ।
बरु कानकै रिङ थुतेरै, मान्छु यो दशैं त ।।
अरुणेदय १ धरमपानी; हाल: दमौली, तनहुँ