18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कृष्णा कुमारी महत October 13, 2010, 5:58 pm

तिमीलाई दोषी बनाउनु भुल थियो कि !

आखिर सुनेका सबै कुरा फजुल थियो कि !

विक्षिप्त भइसकें नढाँटेर भनी देउ न

हाँसेर जिउने हाम्रो कतै कबुल थियो कि !

निर्दोषिता जाहेरीका सुमधुर वचनहरू

काँडा सम्झी फर्काइदिएँ फूल थियो कि !

चिन्नै नसक्नु दुर्भाग्य मेरो संगीतको संकेत

बिउँझाइदिने बिहानीको बिगुल थियो कि !

हृदयको गोदाममा मुरी माया भरिदिदाँ

थोरै भनी रिसाइरहेँ विपुल थियो कि !

चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।