18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शिव आर्य October 7, 2010, 8:40 pm

तिम्रै मात्र चर्चा चल्छ मैले कसो गरुँ -

तिमी पनि चाहन्छौ म छटपटिदै मरुँ

तिम्रै मात्र चर्चा....

गावैं छाडी हिंड्यौ हरे हिजो अस्ति

मेरो सम्पत्तीमा तिम्रो मोज मस्ती

तिम्रो मुखै नहेर्न कता बसाइँ सरुँ

तिमी पनि चाहन्छौ म छटपटिदै मरुँ

तिम्रै मात्र चर्चा....

मै रमिते भएँ आज देखें रामलिला

यो मुटुमा आज ठोक्यौ तिखो किला

आफ्ना भन्ने पर भए मैले कसो गरुँ

तिमी पनि चाहन्छौ म छटपटिदै मरु

तिम्रै मात्र चर्चा.....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।