नचलाऊ मन घाऊ लाग्या छ दुख्छ फेरी
रम्न देउ यै झोलिमा बिथोले लुक्छ फेरी
पुर्न देऊ खाटाहरु बगेर आसुँ सँगै
बाँध बाँधी थुन्ने चेस्टा नगर सुक्छ फेरी
चिरिएको ठाउँ टालेँ स्नेहको लेप दिइ
त्यही ठाउँ वरिपरि नघोच चुक्छ फेरी
जतनले सरे हुन्छ बसाइँ सर्ने भए
आश दिइ टाढा भए यो मन झुक्छ फेरी