आफैं खाउँ, आफैं लाउँ, दाउ नेपालीको
कहिलै निको नहुने त्यो घाउ नेपालीको ।
हुन्छ गर्छु भन्दाभन्दै छोड्छ समयले
पराईले तोकिदिन्छ, भाउ नेपालीको ।
विश्वास गर्न सकिदैन यहाँ कसैलाई
इसारामा चल्ने गर्छ, पाउ नेपालीको ।
फाट्दैछ इतिहास वीर अनि वीरताको
डर लाग्छ मेटिन्छकी, नाउँ नेपालीको ।