जिन्दगी यो किन आज फालुँ फालुँ लाग्छ
तताएर मुटु पनी गालुँ गालुँ लाग्छ
रमाएँर बाँच्ने मन छैन कति पनि
जिन्दगीको जरो पुरै ढालुँ ढालुँ लाग्छ
सादा थिएँ दाग लाग्यो मन्को पोको फुस्की
टिपी फेरी एक एक चालुँ चालुँ लाग्छ
खोक्रिएको पलाँस झै जिन्दगीको ढिस्को
बनाएर समिधा यो बालुँ बालुँ लाग्छ