18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान September 27, 2010, 8:26 pm

घाटले चिता कुरीरहेछ

मानौं रमिता कुरीरहेछ

कैले आउँछे भनेर होला

रामले सीता कुरीरहेछ

नासिन्छ जब द्रौपदीको

हेर्न अस्मिाता कुरीरहेछ

सत्ययुगमा राम्रो गरेथ्यो

कलियुगमा नतिजा कुरीरहेछ

अन्जान आएर जरुर पढ्नेछ

भनेर गीता कुरीरहेछ

कोहलपुर–२, विद्यानगर, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।