18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आनन्द अधिकारी September 24, 2010, 6:50 pm

पल पल म झरिरहेँ, झार्नुपर्दैन तिमीले

समयसँग मैले हारेँ, हार्नुपर्दैन तिमीले ।

आकासको बादलजस्तै बरालिए मनहरु

सर्दै छितिज काटिसकेँ,सार्नुपर्दैन तिमीले ।

दुनियाँमा कहाँ छर अजम्बरी मानिस त्यो

मरिन्छ दिन आएपछि, मार्नुपर्दैन तिमीले ।

मैदान भएर पनि पहाड उभिन सक्छु

रोकिन्न काँडेतारमा बार्नुपर्दैन तिमीले ।

पासो थापिसके कति मायाँलुले पीरतीमा

झुक्याएर फेरी जालमा पार्नुपर्दैन तिमीले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।