18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव आर्य September 23, 2010, 7:51 pm

बल्ल बल्ल बाह्रखरी सिक्दैछ बाबु

अनि के के नानाथरि सिक्दैछ बाबु

चड्छ, अनि लड्छ अनि फेरि चड्छ

यसरी नै घरिघरि सिक्दैछ बाबु

फट्याई गर्न कसैले सिकाउनु पर्दैन

यस्ता काम अघिसरि सिक्दैछ बाबु

बन्दूक चलाउन गर्भैमा जानेको रे

कखरा पो मरिमरि सिक्दैछ बाबु

भानु ७ तनहूं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।