18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल असिम शर्मा “निर्दोशी” September 21, 2010, 7:07 pm

बगाएर आँशु उनको हाँस्न जान्या छैन

अटुट माया पाएको छु मास्न जान्या छैन ।

अनजानै छु माया प्रेम के हो थाह छैन

पिरतिका मालाहरु गाँस्न जान्या छैन ।

आफ्नै भन्ने थाह छ उनि मेरो हुदा सम्म

फूलेका ति प्रेम मुुना भाँच्न जान्या छैन ।

कलकलाउदो जोवन स्वर्गकै परि हुन की

सुन्दर त्यो मुहार मुटुमाझ टाँस्न जान्या छैन ।

कहिलेकाँहि वेदनाले अलापिन्छन

विरहको धुनसंगै नाँच्न जाँन्या छैन ।

दाङ, तुल्सीपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।