मलाई
उडिरहेको
चरा मनपर्छ
चलिरहने हावा मनपर्छ
खुल्ला आकासमा
खाइने कावा सारै मनपर्छ
मलाई त अझ
आकाश छुने चरा मनपर्छ
सून्यता जित्ने पङ्ख मनपर्छ
प्रतिक्षामा
म बरको रुख बाँचे
कैंयौचोटी आफ्नै मन भाँचे
एक अङ्गालो स्वागत साँचेर
बिछ्याएको छु आँखा यी बाटामा
कसैको छाया खसेको छु यहीँ भुइँमा
उभेको छु सिउरेर माया उही देउरालीमा
खोई कहाँ आइपुग्यो होला यात्री !
सोध्छौ भने मलाई
आफू नबिर्सी
गन्तव्य पुग्ने यात्री मनपर्छ
साथीभाई नबिर्सी
गाउँ झर्ने साथी मनपर्छ
हर साँझ घर फिर्ने
छोराछोरी झन् मनपर्छ
कतै यात्रीले मलाई भुले पनि
यात्री मलाई मनपर्छ
मलाई यात्री मनपर्छ ।