ई सानै उमेरदेखि मन् हर्न लागे ।
ई नै सुन्दरीले जुलुम गर्न लागे ।।१।।
कहाँसम्म को आँट लौ हेर तिन्को ।
रिसायेर आँखा पनी तर्न लागे ।।२।।
सुनिस् मन् मुनीञा वडो होस राखेस् ।
फिंजायेर जाल कागुनू छर्न लागे ।।३।।
एकै पल्ट आँखा घुमाई दिनाले ।
कती उड्न लागे कती मर्न लागे ।।४।।
जसैगै ‘म पर्खन्छु’ हाँसेर भन्छिन् ।
ई ऐले भनें पेचमा पर्न लागे ।।५।।
विराना र आफ्ना नराम्रा र राम्रा ।
सबै सुन्दरीका अघि सर्न लागे ।।६।।
अघी पर्न सक्तीन है म हरिका ।
नजरदेखि मोती पनि झर्न लागे ।। ७।।