18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव वियोगी चौलागाईं September 14, 2010, 5:35 pm

देख्या छैन तर पनि आफ्नै मान्छे ठानछु म त

जे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त

टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ

जीवनको सहयात्री तिमीलाई मान्छु म त

एक पल पनि तिमीविना टाढा हुन सक्दिन म

परपर भयौ भने हात समाई तान्छु म त

रुपरंग कस्तो होला लट्ठ पर्छु बोली सुँन्दा

नदेखेनी धरोधर्म मेरै रानी मान्छु म त

मनपराई तिमीलाई राखिसकें मनभित्र

बाबु आमा नमानेनी भगाएरै लान्छु म त ।

रेडियो थाहासञ्चार ९९.६ एफ्एम्, हेटौँडा, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।