छाना बद्लियो र बद्लिएँ म पनि
खाना बद्लियो र बद्लिएँ म पनि।
लेख्दै थिएँ गजल कति एकसुरमा जब
पानी बद्लियो र बद्लिएँ म पनि।
रेट्दारेट्दै सारङ्गीको तार चुट्यो जब
ताना बद्लियो र बद्लिएँ म पनि।
फेरे पछि ताना गीतको लय हरायो जब
गाना बद्लियो र बद्लिएँ म पनि।
ताना, गाना र पाना बद्लियो जब
जमाना बद्लियो र बद्लिएँ म पनि।