18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" September 10, 2010, 10:03 pm

मायालु भनी आउँदा मख्खै परें म

सुटुक्कै माया लाउँदा मख्खै परें म

आँखाको बाटो भएर पस्यौ मुटुमा

यादमा सँधै धाउँदा मख्खै परें म

मनको डाली-डालीमा नाच्दै यसरी

कोईली सरी गाउँदा मख्खै परें म

कल्पना तिम्रै गर्दथें देख्थें सपना

समिपै आज पाउँदा मख्खै परें म

कहाली लाग्दो अँध्यारो मेरो जिन्दगी

बिहानी लाली छाउँदा मख्खै परें म

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।