18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल करुण थापा September 10, 2010, 10:01 pm

आफू ताकी आकाशतिर थुक्न चाहिन ।

माफ गर तिम्रो अघि झुक्न चाहिन ।

तिम्रो आदेश आए पनि चुपै रहें म

बिस्कुन जस्तै सुकाउँदा सुक्न चाहिन ।

तिम्रै भरोसामा मलाई बाँचोस् भन्या'थ्यौ

तिम्रो सिकुवामा गाँस ढुक्न चाहिन ।

धन दौलत सबै दिई किन्न खोज्दा नि

आफ्नो स्वाभिमानबाट चुक्न चाहिन ।

खुट्टा ताने तिम्रा आसेपासेहरुले

तिनले जस्तै तिम्रो कान फुक्न चाहिन ।

तिम्रो इशारामा नाच्ने पशु हैन म

भुक भन्दा कुकुर जस्तै भुक्न चाहिन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।