18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलराम उपाध्याय September 9, 2010, 10:53 pm

समयको पैयालाई रोक्न पनि सकिएन

जिन्दगीले दे'को पाठ घोक्न पनि सकिएन

सपनाको स्वर्गतिर भागी हिंड्ने मनलाई

समातेर भोटे-ताल्चा ठोक्न पनि सकिएन

नभेटेको खुशी सँगै निचोरियो मुटु पनि

बेदनाको भारी मात्रै बोक्न पनि सकिएन

जवानीको आँखा छली दूखाएका मनहरु

समेटेर आँखै भरी छोप्न पनि सकिएन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।