17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल September 9, 2010, 10:52 pm

रम झम्ममा पिएर आएँ

फाटेको मुटु सिएर आएँ

रम भर्दै प्यालामा मोरीले

मागी यो मन दिएर आएँ

लेखान्त नटर्दो रैछ काली

म जान्छु भनि लिएर आएँ

आफ्नैले थुक्छन भन्ने डर

आज मआफै खिएर आएँ

लखनपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।