धुलोजस्तै उडिजाने तिमीलाई खै के भनूँ !
तन्द्राजस्तै बिर्सिजाने तिमीलाई खै के भनूँ !
बाटो लाग्यौ स्वार्थी बनी बिर्सिएर आफैँलाई
पागलजस्तै हाँसिजाने तिमीलाई खै के भनूँ !
रसाउँछन् आँखा मेरा फूलहरु फुलिदिँदा
यादहरु छोडिजाने तिमीलाई खै के भनूँ !
अँध्यारो भो संसार यो बाँचेको छु निराशामा
आशाहरु मारिजाने तिमीलाई खै के भनूँ !
काठमाडौँ