18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल एन.एच. मिश्र September 8, 2010, 6:01 pm

यो सालको तीजमा त, पक्कै माइत जान्छु

मेरो रातो कपाल रातो डोरीले नै बान्छु

भरे साँझ भन्छु मैले सुन्नोहोस् स्वामी राज

तीजमा माइत जान दिए जे गरे नि मान्छु

मायारुपी नजर लाउँदै, माग्छु एक हजार

आँफै जान्छु डुम्रे बजार रातो सारी छान्छु

तृतीयाको दिनमा स्वामी, पशुपति मन्दिर जाँदा

जसले आँखा लाउँछ उसलाई चप्पल टिपी हान्छु

स्वामी घरम छोडी जाँदा आफैलाई निद्रा लाग्दैन कि

स्वामी हजुर मन्जुर भए माइत सँगै ले'र जान्छु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।