18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत रोहन चर्मकार समिप September 3, 2010, 7:55 pm

त्यहीँ आसुँ देखे फेरी प्रभातका शितहरुमा

खोजिरँहे तिम्रै बिम्ब जिन्दगीका गीतहरुमा ।

मौनताको समिप पुँगे निरर्थक यात्रा खोज्दै

बिछिप्त यो छाती बोकी मदहोसीको साथ रोज्दै

छोइरहयौ लहर बनी युगौ युगको प्रितहरुमा

खोजिरँहे तिम्रै बिम्ब जिन्दगीका गीतहरुमा ।

त्यही साँझ ओढ्दै हाँसे त्यही याद बेर्दै रोयेँ

जुन फुल्दा तिमी देखे अनी त्यसलाई हेर्दै रोँयेँ ।

छल्किएछन मिठा सपना हृदयका जितभरी

खोजिरहेँ तिम्रै बिम्ब जिन्दगीका गीतहरुमा ।

रोहन चर्मकार समिप

संखुवासभा ११, रातमाटे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।