जुन पनि अचेल सुनें बिधवा भै'छ
एकान्तमा एक्लै एक्लै रुँदी रै'छ ।
आजभोली चोखो छैन मान्छेको मन
धूवाँ धूवाँ त्यसैभित्र लुक्दी रै'छ ।
कति सोझी कति सुन्दर देखिन्थी ऊ
अस्त ब्यस्त, आँशू, पीडा, बूढी भै’छ ।
केही बोलूँ, केही सोधूँ जस्तो लाग्यो
भेट्न खोजें, भेटिईन कता गै'छ ।
बाँड्न पाए हुन्थ्यो बरु दुखहरु
चुपचाप सबै दुख एक्लै सै'छ ।
मणिग्राम, रुपन्देही