गाँउलेहरु गाँउका कथाहरु सुनेर गाँउ हेर्न तम्सिरहेका थिए। गाँउमै बसेर पनि ‘कस्तो हुन्थ्यो होला गाँउ’का जिज्ञासाहरु उनीहरुको तिर्सना थियो।
एकदिन एउटी स्त्री आई र भनी, “सम्झनाको त्यो गाँउ बोकेर आएको छु।”
तर उसको रित्तो हात देखेर गाँउलेहरु अविश्वासमा डुबे।
“खै कहाँ छ तिम्रोमा हराएको हाम्रो गाँउ?” प्रश्नहरु थिए ।
त्यस स्त्रीले झोलाबाट कविताका किताबहरु झिकेर बाँटी। गाँउ झैं गाँउका सम्झनाहरु शब्द-शब्दमा कुँदिएको थियो त्यहाँ।
शब्द सोकेस थियो : गाँउ त्यसभित्र बन्द सौन्दर्य ।