18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल चर्चित ढुंगेल August 30, 2010, 8:44 pm

मलाई त लाग्छ कि पीर हो माया

कि भत्केको नदीको तीर हो माया

कि बादल हो माया जो रंग फेर्छ

कि चित्र उडेको तस्विर हो माया

कि ढुंगो हो माया जो निर्जीव हुन्छ

कि मूर्ती विनाको मन्दिर हो माया

कि बगर हो माया जो निर्जन् हुन्छ

कि त उजाड तारे भीर हो माया

कि त काँडा हो माया जो बिझ्ने गर्छ

कि मुटुलाई छेड्ने झीर हो माया

कि जेल नै हो माया जो कैद गर्छ

कि मन्लाई बाँध्ने जन्जिर हो माया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।