18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत चर्चित ढुंगेल August 30, 2010, 7:54 pm

एउटा मान्छे भन्छ मलाई माया गर्नु आज

एकातिर रहर छ अर्कातिर लाज

मानुँ भने उस्का कुरा परदेशीको हुन्न भर

नमानुँ त उस्का कुरा वैँश त्यसै जाने डर

हात समाएर भन्छ राख्छु मुटुमाझ

एकातिर रहर छ अर्कातिर लाज

मन्दिरमा लान्छ मलाई माग्छ अनि देउतासँग

आखिरिमा गाँस्नुपर्छ मैले माया एउटासँग

भन्छ कमी के छ ममा अरुसँग दाँज

एकातिर रहर छ अर्कातिर लाज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।