रवीन्द्र समीरको साहित्यिक नामले रचना गर्ने, पेसाले स्वास्थ्यकर्मी रवीन्द्र पाण्डे समर्पणको उच्च भावनाका साथ नेपाली साहित्यको आराधनामा लागेका देखिन्छन्। विशेष गरी नेपाली साहित्यमा लघुकथाको विकास र प्रवर्द्धनमा लागिपरेका यी युवा डाक्टरका हालसम्म प्रकाशित सातमध्ये पाँच थान कृति लघुकथाकै संकलन छन्। यसबाट उनले लघुकथालाई नै आफ्नो पहिलो रोजाइको विधा बनाएको प्रस्ट हुन्छ। डाक्टर रवीन्द्रले आफ्नो नयाँ लघुकथा संग्रह अर्जुनदृष्टिबाट प्राप्त हुने उनको हिस्साको आम्दानी नेपाली लघुकथामाथि शोध-अनुसन्धान गर्ने विद्यार्थीलाई छात्रवृत्तिका रूपमा प्रदान गर्ने घोषणा गरेका छन्। नेपाली लघुकथाको प्रवर्द्धनप्रति यिनले देखाएको रचनात्मक रुचिको यो एउटा दृष्टान्त हो।
समीक्ष्य पुस्तक अर्जुनदृष्टिमा रवीन्द्र समीरका १ सय ८ थान सानासाना कथाहरू संग्रहित छन्। यी लघुतम् कथाहरूले स्वतन्त्र र सम्पूर्ण कथाको हैसियत आर्जन गरसिकेका छन् वा छैनन् भन्ने विषयमाथि साहित्यिक शोधखोजकर्ताहरूबीच विवाद हुनसक्छ। थोरैमा कथाको उठान, विस्तार र बैठानसमेत गरसिक्नुपर्ने हुँदा यी लघुकथाहरूले मान्छे, उसको समाज, उसका सम्बन्धहरू र उसका प्रवृत्तिहरूको एउटा सानो झल्को दिने र त्यसमार्फत केही न केही सन्देश प्रवाह गर्ने मात्र चेष्टा गरेको देखिन्छ। टुक्राटुक्रीमै भए पनि यी कथाहरूले आजको नेपाली समाजको सक्कली तस्िबर पाठकसामु राख्ने जमर्काे गरेका छन्। एउटा यस्तो तस्िबर, जसमा नेपाली समाजमा व्याप्त मूल्यहीनता, नैतिक तिरोहण, पाखण्ड, दरदि्रता, विसंगति र विकृतिका सानासाना धब्बाहरू टाँगिएका छन्।
अधिकांश लघुकथाहरूमा विद्रुप व्यंग्य उभारमा आएको छ। एउटा सानो आकारको कथा वा कुथुंग्रीजस्तो रचनालाई पठनीय र विचारोत्तेजकसमेत बनाउन सजिलो पक्कै पनि हुँदैन। सोझो वर्णनात्मक शैलीबाट भनिएको कथा रसहीन बन्ने जोखिम पनि त्यत्तिकै रहन्छ। त्यसैले गर्दा हो, लघुकथा-लेखकहरूले हास्यको पुटसहितको व्यंग्यलाई एउटा बलियो उपकरणका रूपमा लिएर पाठकलाई चमत्कृत गर्ने प्रयास गरेको पाइन्छ। रवीन्द्र समीरले पनि यही शैलीलाई पछ्याएको देखिन्छ।
अर्जुनदृष्टिमा संकलित लघुकथाहरू सबै समानस्तरका भने छैनन्। जुन कथाले आजको नेपाली समाजमा व्याप्त पाखण्ड, राजनीतिको क्षेत्रमा देखिएका विकृतिहरू र उपभोक्ता संस्कृतिको प्रसारका कारण एक्लिँदै गएको मानिसका कमजोरीको मियो समात्न सकेका छन्, ती रोचक मात्र होइनन्, पाठकको चेतनालाई झक्झकाउन सक्नेसमेत बनेका छन् भने कतिपय कथाहरू टुक्रे प्रहसनको कोटीमा राख्न मिल्ने खालका छन्। लघुकथा र प्रहसनका बीचमा अथवा लघुकथा र समाजमा भइरहने असंगत घटना-उपघटनामाथिको लेखकीय टिप्पणीका बीचमा निश्चय नै पनि टड्कारो अन्तर छ। रवीन्द्र समीरका कतिपय कथाहरूले त्यो अन्तर मेटिदिएको भान पर्छ।
थोरैमा धेरै भन्नुपर्ने, विपरीतार्थक परििस्थति र मानसिकतालाई पनि देखाउनुपर्ने र एउटा निश्चित सन्देश पनि प्रवाहित गर्न सक्नुपर्ने हुनाले लघुकथाको संरचनात्मक स्वरूपलाई छरतिो बनाइराख्न त आवश्यक हुन्छ नै, त्यसमा नाटकीयताको परपिाक पनि पुर्याउनुपर्ने हुन्छ। लघुकथाकार रवीन्द्र समीरले नाटकीयताको सिर्जना गर्न पर्याप्त मिहिनेत गरेका छन्, आफ्ना कतिपय लघुकथालाई रोचक र चोटिलो बनाउने प्रयत्नमा। तर, साथसाथै उनी कतिपय लघुकथाका सन्दर्भमा अतिनाटकीय पनि बन्न पुगेका छन्। जसलाई साहित्यिक गुणवत्ताका दृष्टिले हेर्दा राम्रो कुरो मान्न सकिँदैन। हाम्रो समाजमा भएका विडम्बनापूर्ण स्िथति-परििस्थतिलाई जीवन्त बनाउन खोज्दा लेखकले कतिपय पात्रहरूलाई अति नाटकीय किसिमले प्रस्तुत गरेका छन्। लेखकको प्रत्यक्ष उपस्िथति र व्याख्या न्यूनतम मात्र रहेर कथ्य घटना र पात्रहरूका गतिविधिकै आधारमा एउटा विशिष्ट मानवीय कथा-व्यथा उजागर हुन सक्यो भने मात्र त्यसलाई उत्कृष्ट आख्यानका रूपमा लिन सकिन्छ।
यी लघुकथाहरू पढ्दा कथाकार रवीन्द्र समीरले आजको नेपाली समाजको नाडी राम्रैसँग छामेको कुराचाहिँ प्रमाणित हुन्छ। हाम्रो समाजको दशा र दिशा के छन् ? हाम्रा अगुवाहरूबाट कुनकुन विषयमा के कस्ता चुक भएका छन् ? पचासौँ वर्षको प्रयत्नपछि पनि आमनिमुखा नेपालीहरूको भौतिक/नैतिक धरातल किन यति कमजोर छ ? हाम्रो समाजमा व्यक्ति-व्यक्तिबीचको सम्बन्धमा, व्यक्ति र परविारबीचको सम्बन्धमा, व्यक्ति र राज्यबीचको सम्बन्धमा, हुनेखाने र हुँदा खाने मानिसका बीचको सम्बन्धमा, दुइटा ठूला राजनीतिक आन्दोलनपछि के कस्ता परविर्तनहरू देखापरेका छन् र समग्रमा हाम्रो समाज कतातिर डोरइिरहेको छ जस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न पनि डाक्टर रवीन्द्रले आफ्ना लघुकथाहरूमार्फत गरेका छन्। उनको यस संग्रहका सबैजसो कथाहरूले वर्तमान नेपाली समाजको मट्मैलो अनुहारको प्रदर्शन गर्छन् र यो पीडादायक अवस्थाबाट मुक्ति पाउनुपर्ने माग गर्छन्।
एउटा निश्चित कथ्य र सन्देश पाठकसम्म पुर्याउने हेतुले बुनिएका सोद्देश्यपूर्ण रचना भएकाले अर्जुनदृष्टिमा संकलित लघुकथाहरूमा उच्चकोटिको कलात्मक सौन्र्दय पाउन सकिँदैन। नेपाली भाषाको लालित्यको खोज पनि यी कथाहरूमा गर्नु व्यावहारकि हुँदैन। यी लघुकथाहरू त आफ्नो कथ्य, तीक्ष्णता र सन्देशको सुस्पष्टताका लागि स्मरणीय बन्न पुगेका छन्। तैपनि, रवीन्द्र समीरको भाषा सरल, सहज र सम्पे्रषणीय छ भन्न हिच्किचाउनु पर्दैन। कतिपय कथामा उनको भाषा भद्दा भएर आएका पनि छन्।
गाउँ र सहर, आगो, विस्थापन, निषेधको राजनीति, समाजको ऐना, कृत्रिम गर्भाधान, बि्रफिङ्, पलायन आदि लघुकथाले रवीन्द्र समीरको लघुकथाकारतिाको उत्कृष्ट नमुना प्रस्तुत गर्छन्। अर्जुनदृष्टिसमेत पाँच थान लघुकथासंग्रहको प्रकाशन गरसिकेका डाक्टर रवीन्द्र समीर नेपाली लघुकथा आन्दोलनका अग्रणी व्यक्तित्व हुन्, जसले लघुकथा लेखनलाई गम्भीरताका साथ अघि बढाएर यसलाई कलात्मक उचाइमा पुर्याउन चाहेका छन्। आकारको सीमाका कारण लघुकथा लेखकले अपनाउनुपर्ने सजगतामा यथोचित ध्यान दिँदै रवीन्द्र समीरले प्रस्तुत संग्रहका कथाहरूमा विद्यमान कमजोरीबाट नयाँ लघुकथाहरूलाई मुक्त राख्नेछन् भन्ने आशा गर्न सकिन्छ। लघुकथाको आन्तरकि बनोटभित्रै आफूले दिन चाहेको सन्देश प्रवाह गर्न सक्ने खालको रचना गर्न उनलाई सफलता मिलोस् भन्ने कामना गर्छु।
नेपाल साप्ताहिकबाट