18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत रोहन चर्मकार समिप August 27, 2010, 7:08 pm

यता टाले उता चुहिन्छ गरीबका छाना बैरी

जति भरियो रित्ती रहेने दुखियाका माना बैरी ।

बर्षात सँगै रुज्दै हिउँद सँगै खिए पनि

रत्ती भर पाप छैन दुखी जिबन जिए पनि

आँधीसँगै पल्टिदिने जिन्दगीका पाना बैरी

जति भरियो रित्ती रहेने दुखियाका माना बैरी ।

निधारका पसिनाले माटो सिंचित गरे पनि

हाँसी खुशी सहिदिन्छन् जति दु:ख परे पनि

समाजका उपनाम गरीबका साना बैरी

जति भरियो रित्ती रहेने दुखियाका माना बैरी ।

संखुवासभा ११, रातमाटे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।