शुभयात्रा उसलाई जाउ रे भन्दिनु
संझि यहाँ छिटो फर्कि आउ रे भन्दिनु
सहजै खुल्न हुन्न अतित त्यो भूल्न हुन्न
बाटोमा स्मृति गीत गाउ रे भन्दिनु
रोपेको मायाको मूना हुर्कदैछ धेरै गुना
एक्लै हुन्छ यो ‘संगम’ बचाउ रे भन्दिनु
प्यास लाग्छ नदेख्दा झन् अत्यास लाग्छ
उस्को तिमी वरिपरि छाउ रे भन्दिनु
सर्मपण हुन के नै बाँकी छ र
छल्नलाई नखोज्नु दाउ रे भन्दिनु
तिमी मात्र हुँदा खुशी म मार्छु बु्रर्कुसी
लक्षमा ती नरोकिउन् पाउ रे भन्दिनु
रहरमा डुल्नु हुन्न गुन कैले भुल्नु हुन्न
सुखमा हुँदा नबढाउ भाउ रे भन्दिनु
दिएर आफ्नो हुदैन न हुन्छ लिएर नै
गजलको यो मिठो धुन गुन्गुनाउ रे भन्दिनु
तनहूँ