17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल August 26, 2010, 8:04 pm

कहिले उठ्ने देश माथि आपसमा लडे पछि

आपसमै टाउको फोर्न काँध माथि चढे पछि

छिमेकीको उद्देश्य नै एकता खण्डित गर्नु हुन्छ

भित्र भित्रै लडाउछन देशमा आँखा गढे पछि

किन छोड्थ्यो उसले पनि सधै मुख ताकी दिँदा

भगवान भन्दै सधै उसकै पाउ छुन बढे पछि

म नै ठुलो बुद्दिमान जान्ने बुझ्ने बलवान भनि

अहमता र अहंकारले भित्र भित्रै डढे पछि

लखनपुर ३ झापा; हाल: बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।