जता जता हावा बह्यो उता उता बहिदिएँ
आफ्नैले हो लगाएको घाउ पनि सहिदिएँ ।
तँ त मरिस् भने सबै सोधिन म आफूलाई
सजाएको चिता थियो लुरुलुरु गईदिएँ ।
कसैलाई बनाउन आफ्नो यत्न गरिरहें
सकिएन जब आफै उसैको म भईदिएँ ।
परिएछ गणितीय जिन्दगीको भुमरीमा
शून्यबाट शून्य घट्यो शून्यमात्रै रहिदिएँ ।
मणिग्राम, रुपन्देही