18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर."आभास" August 21, 2010, 9:02 pm

एक्लो रातको यो जुन रोयो तिमी नदेखेर,

गाम्भीर्य बग्दै यो अरुण रोयो तिमी नदेखेर,

वृन्दा वन नै गुन्जाउने राधा राधा भन्दै ,

नटखट बंशीको यो धुन रोयो तिमी नदेखेर,

निर्जिवताले सजिवता पाउथे तिम्रै सौदर्यले,

त्यसैले होला यो सुन रोयो तिमी नदेखेर ,

हरपल यिनै रोम रोममा बग्ने गर्थ्यौ तिमी ,

बग्न छाड्दै यो खुन रोयो तिमी नदेखेर

अचेल तिम्रो 'आभास' केहीमा भेटदिन म,

मैले लगाएको त्यो गुन रोयो तिमी नदेखेर

रसायन शास्त्र केन्द्रीय बिभाग, किर्तिपुर, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।