18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलराम उपाध्याय August 20, 2010, 7:47 pm

पापिनीको यादमा अलिकती पिएँ आज

जिन्दगीको नाममा अलिकती जिएँ आज

मेरो मनको सँघार टेकी अन्तै बसाइ सरेपछी

च्यातिएको मुटुलाई अलिकती सिएँ आज

मेरो संसार रित्याएर उस्को झोली भर्नेलाई

मन मुटु गाठो पारी 'चिनो'फिर्ता दिएँ आज

हामी रथका दुई पाङ्रा भन्ने गर्थ्यौ तिमी सधैं

जिन्दगीको रथ तान्न एक्लै-एक्लै भएँ आज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।