मन पराएँ तिमीलाई, तिम्ले अझै कुनी प्रिय !
नगर भो दोमन, बिताऔं सँगै जुनी प्रिय !
खेर जाला जोवन, बस्छ्यौ एक्लै कति त्यसै !
मनमा कुरा खेलाइ, रहर अनेक बुनी प्रिय !
रोज्नै पर्छ साथ, ढिला गर्नु व्यर्थ्र अब !
मनका पीर हटाऊ, बरु मलाई चुनी प्रिय !
इच्छा होलान् मनमा, रहर पनि अनेक अनेक !
बेला छँदै खोल, कति राख्छ्यौ थुनी प्रिय !
हाँसो खुसी बाँडौं, हामी दुबै मिली अब !
पीर परे बरु, सँगै बसी रुनी प्रिय !