सुन्दर बदन हेरियेर गयो
हेर्दा हेर्दै मन फेरिएर गयो
न तनले आट्यो, न मनले ढाट्यो
यौबन बिछयौनामा बेरिएर गयो
बैस यसै गो , बिना मेसै गो
सपना सुन्दर सेरियेर गयो
भमरा के हुनु? हुति बिनाको
फुल ओरिपरी घेरिएर गयो
प्रेमपत्र हुन सकेन भाव
केहि गजल भै केरीयेर गयो
नवलपरासी, हाल: न्यु मेक्सिको, अमेरिका