बर्षातमा ओत लाग्ने छाता पाइएन
खाली किताब छाप्नुपर्ने गाता पाइएन ।
घर चुह्यो खरले छाएँ मन फेरि चुहेको छ
यसलाई छाउने कतै जस्तापाता पाइएन ।
कति संग साटियो मन लेखाजोखा राख्नुपर्ने
खोजें कति बजारमा खाता पाइएन ।
ख्बै के दिउँ तिमीलाई जति थियो दिइसकें
आफूलाई दिने कुनै दाता पाइएन ।
मन बोल्यो, आँंखा बोले, जिब्रो बोल्न खोजेको छ
के भनेर बोलाउँ खै नाता पाइएन ।
मणिग्राम, रुपन्देही