म त पिउँदिन भन्छु नशालु बनेर आउँछ्यौ त के गरु
भावनामा बहकिन्छु घरि वैसालु बनेर आउँछ्यौ त के गरु
चुमेर ओठमा तिम्रो सौन्दर्य बिगारिन मैले
अन्याय नहोस् भनि आफ्नै चाह मारिन मैले
कुन्नी किन नछोउ भन्छु मायालु बनेर आउँछ्यौ त के गरु
भावनामा बहकिन्छु घरि वैसालु बनेर आउँछ्यौ त के गरु
रात लम्बीदै जान्छ अँङ्गालोमा नबाँधिने हो भने
उत्सव उत्सव हुँदैन यसरी नमात्तिने हो भने
भो गिज्याउदिन भन्छु लजालु बनेर आउँछ्यौ त के गरु
भावनामा बहकिन्छु घरि वैसालु बनेर आउँछ्यौ त के गरु