18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हरि खनाल August 11, 2010, 8:04 pm

स्वप्ना हजार भन्दा बोली मलाई प्यारो ।

सम्झेर रूप तिम्रो चोली मलाई प्यारो ।।

जो छौ तिमी मलाई सर्वस्व लाग्छ यारा ।

हुन्नौ तिमी भनेता झोली मलाई प्यारो ।।

यो ज्यान हैन मेरो सुम्पें हजूरलाई ।

दिन्छौ स्वयम् भने लौ गोली मलाई प्यारो ।।

बासै म माग्छु यारा दिल्को खुलाउ ढोका ।

खेल्ने तिमी भएमा होली मलाई प्यारो ।।

मैले हजार लाखौं पूmलै उनें सजाएँ ।

चढ्छौ तिमी भने पो डोली मलाई प्यारो ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।