18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान August 10, 2010, 8:19 pm

हतार–हतार दिएर गयो

आएर अखबार दिएर गयो

आज अनौठो छाप्पिएको छ

भनेर समाचार दिएर गयो

कसैले मुटुमा घोचेको जस्तो

त्यस्तो प्रहार दिएर गयो

सम्झिन मन लागेछ भने

गर्नु पत्राचार दिएर गयो

आजसम्म कसैले दिएनन्

उपमा गजलकार दिएर गयो

कोहलपुर–२, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।