18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निरोज August 9, 2010, 11:25 pm

हर हिसाबले तिमीलाई नै पो मन पराए भन्यौ

भाकेर देउतालाई’नि कुन्नी के के चढाए भन्यौ

रहरले हड्ताल बारेको चिसो चिसो प्रहरमा

शहरकै कुनै मन्दिरमा बत्ती लाख जलाए भन्यौ

अभियूक्त त बनायौ पुर्जी नथमाईकनै

बार बार निमोठ्ठिएरै पलाउन त पलाए भन्यौ

निस्फीक्री निष्प्रयोजन रमाउँदा अर्कैको धुनमा

बदनाम चाखेरै तिम्रो ईज्यत पठाए भन्यौ

हरेर जो राज्य थियो मनको सबै मेरो

उम्कने कष्ट गर्दै नगर्नु दिलकै कैदी बनाए भन्यौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।