तिमी हौ कि जस्तो लाग्छ कोही बोले अँधेरीमा ।
सम्झिन्छु म तिमीलाई चुरी बजे मझेरीमा ।।
फेरि पनि आज मैले देखे तिम्लाई सपनीमा
हात समाई हिंडेको'थें तिमीसँग सल्लेरीमा ।
तिमी रुँदै छ्यौ कि त्यता बलेंसीमा झरी जस्तै
मेरो आँसु सुकेकोछ मूल सुके झैं खडेरीमा ।।
तिमी विना शुन्य लाग्छ घर कै आँगन पनि मलाई
तिमी विना फूल फुलेन पाखा अनि पखेरीमा ।।
मलाई छोडी तिमी ग'को हैन जस्तो लाग्छ मलाई
गा'की हौ कि जस्तो लाग्छ पानी लिन पँधेरीमा ।।
काठमाडौं