18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव मिश्र August 4, 2010, 7:44 pm

पानी बिना खडेरीको खोला भा'छ मान्छे

बन्द सिसी चिसो कोकाकोला भा'छ मान्छे ।।

कस्ले काँ पो फुटाउँछ हिर्काउँछ कता

टम्म पानी भरिएको लोला 'भाछ मान्छे ।।

सुख खस्छ दु:ख पस्छ हाँसो तलै बस्छ

पुच्छारमा उध्रीएको झोला भा'छ मान्छे ।।

जसो तसो बाँचे पनि भित्र साह्रै दुख्छ

सुक्दा सुक्दा सुक्दा एकै तोला भा'छ मान्छे ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।