आज जुध्यो आँखा मेरो, जुध्या थे’न कहिल्यै
साँझ रुझ्यो ‘नरहरि’ रुझ्या थे’न कहिल्यै
ऊ आई आँखा झिम्काइ, मेरो पनि झिम्क्यो
आजै बुझ्यो ‘नरहरि’ ले बुझ्या थे’न कहिल्यै
मैले हेरेँ, फेरि हेरेँ, उसले पनि हेरी रहीँ
छिनमै झुक्यो ‘नरहरि’ झुक्या थे’न कहिल्यै
ओठ चलाए बोली थे’न, तन्काए गुनेली गोली थे’न
यसैले चुक्यो ‘नरहरि‘ चुक्या थे’न कहिल्यै
म त बोलिन त्यस्तै भो, उसले पनि त्यसै टारी
त्यसैले दुख्यो ‘नरहरि’ दुख्या थे’न कहिल्यै