मायाँ गर्ने कसलाई रहर हुँदैन
मायाँ जस्तो अर्को कुनै जहर हुँदैन ।
न भोक, न तिर्खा, न नींद, न चैन
मायाँमा यी सबको कुनै पहर हुँदैन ।
खेल्छन् मान्छेहरु यो सडकमा मायाँको खेल
यो यस्तै हो कुनै छुट्टै यसको शहर हुँदैन ।
झुट फरेव जे गर त्यो चोखो हुन्छ
बहेको पानी, यो अर्को यस्तो कुनै नहर हुँदैन ।
छटपटीको स्वाद हो मायामा चाख्ने, चाख ‘बोध’
पर्खन्छस् कसलाई? आजकल मान्छेको यहाँ कुनै भर हुँदैन ।
मणिग्राम, रुपन्देही