18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान July 31, 2010, 7:59 pm

सोचेभन्दा फरकमा आएर उभिएँ

आखिर त्यै सडकमा आएर उभिएँ

गन्तव्यमा कत्ति संघर्ष गरे कत्ति

उभिएँ फगतमा आएर उभिएँ

बाजेले न जा, न जा त भन्थे

क–कसको संगतका आएर उभिएँ

नफर्किन सक्छु न जान सक्छु

त्यस्तो बखतमा आएर उभिएँ

अबदेखि गजल लेख्ने नै छैन

अन्तिम सपथमा आएर उभिएँ

कोहलपुर–२, विद्यानगर, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।