18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

योग्यता

लघुकथा डा. रविन्द्र समिर July 29, 2010, 7:31 pm

‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो ।

‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो ।

‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

‘घ’ ले इञ्जिनियरिङमा स्नातक गर्यो, गर्याे, ठूलो स्केल र फिता बोक्न पायो ।

‘ङ’ ले स्नातक गरी हजारौँबाट दर्जनौँमा छानियो, फाइल बोक्न पायो ।

‘च’ ले स्नातक गरेर कठोर तालिममा उत्तीर्ण भयो, बन्दुक बोक्न पायो ।

‘ज’ ले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्यो, तर उसले केही पनि पाएन किनकि सडकदेखि झन्डा, पजेरो र कुर्सीसम्म औँठाछापहरूले कब्जा गरिसकेका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।