18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निस्तेज July 24, 2010, 9:43 pm

सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ ।

ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ ।

सायदै मैले सिकेन सोह्र आना जिन्दगी

के भयो पाउ मुनि न गर्लम्म पैह्रो घर्कदैंछ ।

रात झञ्झावातको सन्त्रासको आभाषको

बात गर्थे प्रातःको लौ सूर्य रश्मि छर्कदैंछ ।

ले जतिलिन्छेस् परीक्षा आज तैंले जिन्दगी

‘निस्तेज’ भो पर्वत कहाँ जाबो हुरीले मर्कदैंछ ।

सायद समयले हेर्छ होला सत्य सम्यक दृष्टिले

पाइला कसका अघि छन् को पछाडी फर्कदैंछ ।

धनगढी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।