प्युँनलाई मात पनि पैसा चाहिन्छ
अचेल फाल्न जात पनि पैसा चाहिन्छ ।
साथी संगी धेरै होलान् थाहा छ कि छैन
मिलाउन हात पनि पैसा चाहिन्छ ।
हाबासँग सोधें मैले अचेल किन रिसाएको
हल्लाउन पात पनि पैसा चाहिन्छ ।
हाँस तिमी, उनी भन्छिन् मेरो हाँसो सस्तो छैन
देखाउन दाँत पनि पैसा चाहिन्छ ।
ज्युँनू गाह्रो भन्छन् सबै मर्नलाई लगाउन
छाती भित्र घात पनि पैसा चाहिन्छ ।
कल्पनाको घडेरीमा सपनाको छानो छाई
बिताउन रात पनि पैसा चाहिन्छ ।
भन्साघरमा श्रीमतिले आँखा तर्दा थाहा पाएँ
अब खान भात पनि पैसा चाहिन्छ ।
मणिग्राम, रुपन्देही