तिमी बसेकै, शहर देउ मलाई
तिमी उभेकै लहर देउ मलाई ।
तिमीसँगै, रुन चाहान्छु सँधै
भित्र दुख्ने कहर देउ मलाई ।
जतन गरी सम्हाल्छु, म सबै
अन्तर्मनका रहर देउ मलाई ।
जुनी भरी, गुनगुनाइदिन्छु म
तिनै गजलका बहर देउ मलाई ।
हो माग्दीन म, जीन्दगी तिम्रो
फगत एक नजर देउ मलाई ।
रुँघा ७, रुकुम, हाल: त्रि वि, कीर्तिपुर