घर जले पछि कुवा खन्नेको के कुरा
काम चले पछि जान्दिन भन्नेको के कुरा
सुगा रटाई सहमतिको गर्दै अहोरात्र
बहुमत जुटाउन टाउका गन्नेको के कुरा
म बलवान,पहलमान पहाड उचाल्छु भन्ने
तिलको दाना उठाउदा कन्नेको के कुरा
गान्धी बन्छु भन्ने राजनीतिमा
भित्र भित्र शकुनी बन्नेको के कुरा
लखनपुर ३,झापा; हाल: बहराइन